४ श्रावण २०८३, सोमबार

काभा कपमा नेपालको अर्को हार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा अर्को हार बेहोरेको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको छ। नेपाल कुनै पनि समय खेलमा फर्कन सकेन । अफगानिस्तानले नेपाललाई २५–१८,२५–१७,२५–२१ ले हराएको हो ।

चौथो खेलमा नेपालको यो तेस्रो हार हो । हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो । ‌त्यसअघि नेपाल पहिलो खेल ताजिकिस्तानसँगको खेल ३–० ले र बंगलादेशसँग ३–२ सेटले पराजित भएको थियो ।