२१ असार २०८३, आइतबार

आज दुईजना मन्त्रीको मात्रै शपथ हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । आज नवनियुक्त दुईजना मन्त्रीको मात्रै शपथ हुने भएको छ ।

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार र गणपति श्रेष्ठ विवादित देखिएपछि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताको मात्रै शपथ हुने भएको हो ।

यसअघि प्रधानमन्त्री सुशिला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन् भने खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए।

श्रेष्ठको भूमिसम्बन्धी मुद्दा विचाराधिन रहेको साथै सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको खुलेपछि उनीहरूको शपथ नहुने भएको हो ।