१० असार २०८३, बुधबार

मन्त्री बन्न लागेका खगेन्द्र सुनारमाथि दुई मुद्दा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दा दर्ता रहेका खुलासा भएको छ।

नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम अनुसार उनी काभ्रेपलाञ्चोक र सुर्खेत जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका फरार अभियुक्त हुन्।

सुनारमाथि विद्युतीय कारोबार मुद्दा र मेहेलकुना अस्पतालका प्रमुखमाथि हातपात तथा तोडफोडको अभियोग छ। साथै, उनले सर्वोच्च अदालतकी न्यायाधीश र अधिवक्तामाथि अपमानजनक अभिव्यक्ति दिएको मुद्दा पनि विचाराधीन छ।