काठमाडौं, ९ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन र आवश्यक परे देश छोड्न समेत तयार रहेको बताएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने, “यदि तपाईंहरू भन्नुहुन्छ, ‘तेरो कारणले सबै बिग्रियो’, भने पनि म देश छोड्न तयार छु। मलाई लोभ छैन, केही चाहिँदैन।”
प्रसाईंले विगतका गल्ती स्वीकार गर्दै अब देश निर्माणमा लाग्ने बताए। उनले भने, “हिजो जे भयो–भयो, अब देश जोगाउन सबै एक हुनुपर्छ।”
गत चैतमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका प्रसाईं अहिले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने तयारीमा छन्। गृह मन्त्रालयले भने वार्तामार्फत समाधान खोज्ने प्रयास गरिरहेको छ।









प्रतिक्रिया