१६ असार २०८३, मंगलबार

गणपतिलाल श्रेष्ठको मन्त्रायलय परिवर्तन गरेर भूमि मन्त्री नियुक्त गरिँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन गर्दै उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरिने भएको छ ।

सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तोकिएको भए पनि अन्तिम नामावली राष्ट्रपति कार्यालयमा पठाउँदा मन्त्रालय परिवर्तन भएको हो।

राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिला कार्कीका अनुसार अन्य तीन मन्त्रीहरूमा डा। सुधा शर्मा गौतम ९स्वास्थ्य०, खगेन्द्र सुनार ९श्रम० र बब्लु गुप्ता (युवा तथा खेलकुद) रहेका छन्।

नयाँ मन्त्रीहरूले आइतबार दिउँसो साढे २ बजे शपथ लिने कार्यक्रम तय भएको छ।