२३ जेष्ठ २०८३, शनिबार

प्रवासी नेपाली मञ्च कतारद्वारा तिहार विशेष कार्यक्रम सम्पन्न

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, ८ कात्तिक । प्रवासी नेपाली मञ्च कतारले नेपालीहरुको दोस्रो ठूलो महान चाड शुभदिपावली तिहारको अवसरमा देउसीभैलोसहित शुभकामना आदानप्रदान विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार कतारको सनैयामा मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

मञ्चका मध्यपूर्व कमिटी सल्लाहकार परिषद् लगायत मञ्चसँग आवद्ध सम्पूर्ण सदस्यहरु, कलाकार लगायको उपस्थितिमा भव्य रुपमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोखरेलले शुभकामनासहित नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको (भदौ २०-२२) सम्पन्न विधान महाधिवेशनबाट पारित विधान र प्रवासी मजदुरहरुको लागि लिखित रुपमा विधान अधिवेशनमा राखिएका विषयहरु जानकारी गराए । साथै, उनले पछिल्लो जेनजी आन्दोलनले एमालेलाई र नेपाल कमजोर बनाउन देशीविदेशी शक्ति मिलेर घटाइएको घटनाप्रति घोर भत्सर्ना गर्दै दोषी उपर छानबिन गरी कानुनी कारबाहीको समेत माग गरे ।

पोखरेलले देश विकास र राष्ट्रियताको लागि नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा मात्र राष्ट्रको शीर विश्वसामु रहने पनि बताए । उनले अहिलेको परिस्थिमा सम्पूर्ण प्रवासी नेपाली मञ्चका सदस्यहरुलाई कत्ति पनि विचलित नभई काम गर्न समेत आग्रह गर्दै एमाले मात्र राष्ट्रको काम गर्ने पार्टी रहेको बताए ।

कमिटीका उपाध्यक्ष टिका कार्कीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव शेषराज तिमिल्सिनाले गरेका थिए । मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले कार्यक्रम समापन गर्दै उपस्थित सम्पूर्णलाई आभारसहित कार्यक्रम समापन गरेका थिए ।