
काठमाडौं, ८ कात्तिक । नेपाली धाविका सन्तोती श्रेष्ठले कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य जितेकी छन् ।
भारतको झारखण्डमा महिला ५००० मिटर दौडमा उनले उक्त उपलब्धि हासिल गरेका हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६ः६२ सेकेन्डमा पूरा गर्दै कान्छिमायाको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा निर्धारित दूरी १६ मिनेट ४९ः९८ सेकेन्डमा पूरा गरेकी थिइन् । यस्तै, नेपालका मुकेश पालले पुरुष ५००० मिटर दौडमा कांस्य पदक जिते । उनले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे ।









प्रतिक्रिया