२१ असार २०८३, आइतबार

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इरानसँग पराजित भएको छ ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपालले जारी प्रतियोगितामा पहिलो खेल खेलेको हो ।

उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो ।

नेपालले अब दोस्रो खेल २७ अक्टोबरमा भारतसँग खेल्नेछ ।

फिफा वरीयतामा नेपाल ८९औं स्थानमा रहेको छ भने भारत ६३औं र इरान ७०औं स्थानमा छ ।