
काठमाडौं, ७ कात्तिक । न्युजिल्याण्डलाई ५३ रन (डीएलएस)ले पराजित गर्दै आयोजक भारतले महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
जितसँगै भारत नकआउट चरणमा पुग्ने अन्तिम टोली बन्यो भने न्यूजील्याण्ड र श्रीलंका बाहिरिए ।
बिहीबार राति नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा भारतले पहिले ब्याटिङ गर्दै ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो ।
वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो, जसले न्युजिल्याण्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो ।
भारतसँगै अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।








प्रतिक्रिया