६ श्रावण २०८३, बुधबार

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ७ कात्तिक । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

मृतक र घाइते यात्रुहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।