
काठमाडौं, ६ कात्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन् । कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा ज्यान गुमाएका शहीदहरुको तस्वीरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।









प्रतिक्रिया