–टेकराज पौडेल
“मेरो आशय एमालेले बुझेन,” गृहमन्त्रीले गुनासो पो गरे ।
“मैले त एमालेकै पक्षमा भनेको हुम । मेरो सिङ्गो परिवार एमालेकै हो, एमाले मेरो नसा–नसामा बगेको रगत हो ।”
तर फेरि ठट्यौली स्वरमा थपे–
“के गर्ने, एमालेको लाइनमा लागेको भए सायद सत्तासम्म पुग्न ७० वर्ष लाग्थ्यो होला । बालेनसँग तीन वर्षको संगत गरेँ, आज गृहमन्त्री बनेँ । गृह जस्तो महत्वपूर्ण मन्त्रालय पाएको पनि उनको सहयोगले हो। अब उनको हित नदेखाई हुन्छ र ? नत्र जेनजिहरु रिसाउँछन् ।”

उनको गुनगुन श्रीमतीले सुनेछिन् । शान्त स्वरमा सोधिन्– “बाबा, के भनिरहेका थियौ ? एमालेले तिम्रो आसय बुझेन रे ? के भन्यौ यस्तो ?”
गृहमन्त्री (ओमज्यू) मुस्कुराए– “मैले हिजो एउटा भाषण दिएको थिएँ, आज भाइरल भइदियो ।”
श्रीमती झन् कुतूहलमा–
“तिमी त हरेक ठाउँमा फरक फरक कुरा बोल्छौ, कुन ठाउँको कुरा भाइरल भयो होला ?”
गृहमन्त्रीले विस्तारमा भने–
“निर्वाचनको सन्दर्भमा दलहरूलाई एउटा सुझाव दिएको थिएँ, त्यही कुरा भाइरल भएको रहेछ ।”
श्रीमती हाँसिन्–
“तिम्रो बानी पनि अचम्मको छ, बाहिर जे समाचारमा आउँछ, घरमा त्यसको उल्टो कुरा गर्छौ ।”
“तिम्रो बानी पनि अचम्मको छ, बाहिर जे समाचारमा आउँछ, घरमा त्यसको उल्टो कुरा गर्छौ ।”
गृहमन्त्री झर्किए–
“के उल्टो भयो र ? तिमी पनि यस्तो बेला जेपिटीझैँ बोल्छौ ।”
श्रीमतीले मुस्कुराउँदै भनिन्–
“बालेनलाई लुसिफर भनेको तिम्रो साथी हो, तर म त भन्छु तिमी नै मेरो लागि लुसिफर हौ ।”
गृहमन्त्री अचम्म मान्दै–
“म कसरी लुसिफर हुन्छु र ? यस्तो लुतो मलाई टाँस नलगाऊ त ।”
“म कसरी लुसिफर हुन्छु र ? यस्तो लुतो मलाई टाँस नलगाऊ त ।”
श्रीमती अब सीधै प्रश्नमा आइन्–
“ल, भन त, तिम्रो के कुरा भाइरल भयो ? एमालेले किन बुझेन तिम्रो कुरा ?”
गृहमन्त्रीले गहिरो सास फेरे–
“मैले हिजो भनेको थिएँ— यदि फागुन २१ मा निर्वाचन गर्न चाहन्छन् भने, दलहरूले लुटिएका हतियार र भागेका कैदीहरूको प्रयोग नगर्ने भनी निर्वाचन आयोगमा स्वघोषणा गर्नुपर्छ । त्यही कुरा भाइरल भयो ।”
श्रीमतीले हल्का गम्भीर आवाजमा भनिन्–
“तिमी गृहमन्त्री मात्रै होइनौ, वरिष्ठ अधिवक्ता पनि हौ । तिम्रो बोलीको अर्थ गहिरो हुन्छ, त्यसैले सोचेर बोल्नुपर्छ । तिमीले भनेको कुरा दलहरूले के अर्थमा बुझ्छन् भन्ने हिसाब गर्नुपर्छ । यदि यो विषयमा तिमीले पीएचडी लेख्यौ भने, तिम्रो थेसिस अरू सबैभन्दा माथि पुग्थ्यो होला ।”
गृहमन्त्रीले हल्लाउँदै भने–
“एमालेले मात्रै होइन, धेरैले नै मेरो मर्म विपरीत बुझे ।”
“एमालेले मात्रै होइन, धेरैले नै मेरो मर्म विपरीत बुझे ।”
श्रीमती अब सीधा मूल कुरा तिर आइन्–
“ल, मूल कुरा के हो त ? एमालेले किन बुझेन ?”
गृहमन्त्रीले गम्भीर हुँदै भने–
“२४ गते हतियार लुट्ने केही पार्टी बाहेक सबै दलका कार्यकर्ता नै थिए । अब सिधै ‘हतियार बुझाऊ’ भन्यौं भने भड्किन्छन् । त्यसैले मैले नरम भाषामा भनेको थिएँ ।”
श्रीमतीले प्रश्न गरिन्–
“कुन पार्टीले लुटेन त त्यसो भए ?”
गृहमन्त्री हाँसे–
“एमालेले लुट्न पाएन । भएको भए काठमाडौंमै भएका २३० वटा एमाले नेतामन्त्रीका घरहरूमा आगजनी हुँदा एक–दुई जना त ठिकै सिध्याइन्थे ।”
“एमालेले लुट्न पाएन । भएको भए काठमाडौंमै भएका २३० वटा एमाले नेतामन्त्रीका घरहरूमा आगजनी हुँदा एक–दुई जना त ठिकै सिध्याइन्थे ।”
श्रीमती झन् ठट्यौली बनिन्–
“बिना हतियार कसरी चुनाव लड्ने त ? ती विचाराहारुलाई समस्या त भएछ नि ।”
गृहमन्त्रीले हौसिँदै भने–
“हतियार राज्य बाहेक नागरिकसँग हुनु हुँदैन नि, श्रीमतीज्यू ! त्यो त कानुनी कुरा हो ।”
श्रीमतीले मुस्कुराउँदै भनिन्–
“अनि बुझें — कसैसँग लुटिएका हतियार छन्, कसैलाई ती हतियारकै डर छ । यही कारणले चुनावको प्रसंग जोडिएको रहेछ है ?”
गृहमन्त्री प्रसन्न हुँदै–
“बल्ल बुझ्यौ तिमीले ! ”
श्रीमतीले झन् गहिरो सोधाइ गरिन्–
“एमालेबाहेकका दलसँग हतियार छन् भन्यौ, कति मात्रामा रहेछ त ? राज्यले ती फिर्ता ल्याउन सक्दैन ?”
गृहमन्त्रीले विस्तारमा भने–
“जेनजी आन्दोलनमा जसले बढी योगदान गर्यो, त्यसले नै बढी फाइदा पायो । सुरक्षा निकायको रिपोर्ट अनुसार, लगभग ६ हजार अत्याधुनिक हतियारमध्ये ४ हजार त्यही समूहसँग छन्, बाँकी २ हजार रास्वपा, राप्रपा र दुर्गा प्रसाईं पक्षले राखेका छन् ।”

श्रीमती अझै चकित–
“अनि तिनीहरूले यदि चुनावमा भाग लिएनन् भने एमालेको भोट घटाउने योजना रहेछ होला ?”
गृहमन्त्रीले गम्भीर हुँदै भने–
“ठ्याक्कै त्यही कुरा हो । जेलबाट छुटेका अपराधीहरूलाई राजनीतिक रूपमा प्रयोग गरिने सम्भावना छ । करिब ७/८ हजार भागेका छन् । उनीहरूले टोल–टोल कब्जा गर्न सक्छन् ।”
श्रीमतीले भनिन्–
“अनि तिनलाई नियन्त्रण नगरेसम्म त स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने होइन ।”
गृहमन्त्रीले हाँस्दै भने–
“हामीले अनुमान गरेका थियौं, डेढ महिनामा अपराध बढ्छ । तर हाम्रो अनुमानभन्दा कम भयो — जम्मा एक दर्जन जति घटना मात्रै घटे ।”
श्रीमतीले अब ठोकुवा गर्दै भनिन् –
“बेकारको टेन्सन ! हामीलाई त्यति धेरै शत्रु पनि छैनन् । एमाले र काँग्रेसका घर जलाउनेहरूलाई बालेनले बक्सिस स्वरूप मन्त्रालय बाँड्दा सत्ताको गर्मी त छ नि । तर मेरो माइतीले बनाएर दिएको घर म जल्न दिन्न है । आवश्यक परे मिडियामा ‘गृहमन्त्री दम्पतीबीच पारपाचुके’ भनेर हेडलाइन बनाइदिन्छु ।”
त्यसपछि हल्का हाँसोको स्वरमा श्रीमतीको अन्तिम वाक्य आयो–
“निर्दलीय, व्यक्तिवादी र प्रणालीविहीन शासन चलाउनेहरू खतरनाक हुन्छन् । जिम्मेवारी हुँदैन, न्याय पनि हराउँछ । अर्काको लहलहैमा आफ्नो लगानीबिना प्रतिफल खोज्नेहरूको अन्त्य सदैव दुखद हुन्छ ।”
तिहारको सुमधुर धुनबीच देशकै विषयमा सुरु भएको पारिवारिक छलफल अन्ततः पारपाचुकेको मुडमा टुङ्गियो ।

प्रतिक्रिया