२ असार २०८३, मंगलबार

पूर्वमन्त्री कार्कीको घरमा चोरी गर्ने दुईजना धरौटी बुझाउन नसकेपछि जेल चलान

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा भएको चोरी प्रकरणमा पक्राउ परेका दुईजना धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् ।

जिल्ला अदालत ललितपुरले जनही ३० हजार रुपैयाँ धरौटी तोके पनि रकम नबुझाएपछि उनीहरूलाई कारागार चलान गरिएको हो।

कार्कीको घरबाट करिब ६४ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरेको आरोप उनीहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला, कटारी नगरपालिका–७ रिस्कु घर भई हाल ललितपुर धापाखेल बस्ने २९ वर्षीय सुजन सेवा र महोत्तरी बर्दिबास नगरपालिका–६ का सञ्जय परियार हुन्।