२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा को-को गए ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएकी हुन् । बैठकमा १० वटा दलका नेताहरु सहभागी भएका छन् ।

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।

बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा रहेका छन् ।