काठमाडौं, ४ कार्तिक । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुका साथै ५ बुँदे माग राखेका हुन् । घाइतेहरूले गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतका माग राखेका छन् ।
प्रधानमन्त्री कार्कीले घाइतेहरूका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएकी थिइन् ।
उनले जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने पनि स्पष्ट पारिन् ।







प्रतिक्रिया