६ असार २०८३, शनिबार

गृहमन्त्री अर्यालको हाहु र दीपक खड्काको वास्तविकता

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

–सुमन दाहाल

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा हाहु चलिरहेको थियो– पूर्व उर्जामन्त्री दीपक खड्का अमेरिकामा भागेछन् !

कसैले भिडियो बनाए, कसैले ‘विश्वसनीय स्रोत’ भन्दै पोस्ट गरे । त्यसैबीच केही सञ्चारमाध्यमहरूले पनि ‘भारत हुँदै अमेरिका पुगे’ भन्ने समाचार चलाएपछि स्थिति थप तातियो । अनि त्यहाँसम्म पुग्दा, अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले नै सार्वजनिक रूपमा ‘भागे’ भनेर पुष्टि झैँ कुरा गर्दा, त्यो हाहु आगोमा घ्यू झारिएको जस्तो भयो ।

तर, पूर्वउर्जामन्त्री खड्का आफ्नै जलेको घरमा उपस्थित हुँदै सबै कुरा उल्ट्याइदिए ।

तर, पूर्वउर्जामन्त्री खड्का आफ्नै जलेको घरमा उपस्थित हुँदै सबै कुरा उल्ट्याइदिए । यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ– गृहमन्त्रीजस्तो संवेदनशील पदमा बसेको व्यक्ति समेत सूचनाको अभावमा कसरी हाहुको चपेटामा पर्न सक्छ ? देशको गृह प्रशासनलाई नै प्रभावित पार्ने विषयमा ठोस प्रमाण वा आधिकारिक पुष्टि बिना सार्वजनिक अभिव्यक्ति दिनु गल्ती मात्र होइन, राजनीतिक स्टन्ट हो । त्यो पनि यस्तो समयमा, जब जनता यो सरकारबाट स्थिरता, विश्वास र पारदर्शिता खोजिरहेका छन् ।

आजको नेपालको अवस्था अत्यन्त जटिल छ । विश्वासको अभाव, अफवाहको बहाव र राजनीतिक अस्थिरताबीच सत्य पत्ता लगाउन गाह्रो भइसकेको छ ।

आजको नेपालको अवस्था अत्यन्त जटिल छ । विश्वासको अभाव, अफवाहको बहाव र राजनीतिक अस्थिरताबीच सत्य पत्ता लगाउन गाह्रो भइसकेको छ । यस्ता संवेदनशील घडीमा सामाजिक सञ्जालको हाहुमा बहकिने नेताहरूले स्थिति झन् बिगार्छन् ।

एक मिनेटमै लेखिएको एउटा पोस्ट वा बोलेको एउटा वाक्यले कसैको प्रतिष्ठा, परिवार र भविष्यमा गहिरो चोट पुर्‍याउन सक्छ ।

सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम होइन– यो अहिले मानसिक र राजनीतिक युद्धभूमि बनिसकेको छ । यहाँ कसको कथा चल्छ, कसको प्रतिष्ठा डुब्छ– त्यो अरूको हातमा हुन्छ । त्यसैले सोचेर लेख्ने, बुझेर बोल्ने र स्रोत पुष्टि गरेर साझा गर्ने जिम्मेवारी नागरिकभन्दा बढी नेताहरूमा पर्छ ।

भारतको मणिपुरलाई हेर्नुहोस्– एउटा ‘पोस्ट’ले सुरु भएको तनावले त्यहाँको समाज, समुदाय र सरकारलाई नै हल्लाइदियो । त्यो पीडामा मलम लगाउन त्यहाँका प्रधानमन्त्रीसम्म दुई वर्षसम्म पुग्न सकेनन् । त्यो घटनाले प्रमाणित गर्‍यो– सामाजिक सञ्जालको हाहु कति घातक हुनसक्छ भन्ने कुरा सोच्नुपर्ने समय यही हो ।

सत्य खोज्न संयम गुमाएर ‘पहिलो बोल्ने’ प्रतिस्पर्धामा लाग्नेहरू स्वयं भ्रमको शिकार बन्छन् । सामाजिक सञ्जालको भीडमा सत्य गुम्न नदिनुहोस् । कसैको जीवन, प्रतिष्ठा र देशको स्थायित्व हाहुका अगाडि सस्तो बनाउन हुँदैन ।