२५ जेष्ठ २०८३, सोमबार

जोर्डनबाट फर्किइन् प्रीति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई स्वदेश फर्किएकी छन् । व्यवसायिक लिग खेल्न जोर्डन पुगेकी उनी सोमबार स्वदेश फर्किएकि हुन्। यी दुई टोलीसँग नेपालले भारतको सिलोङमा खेल्ने तय भएको छ ।

नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ । त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि नै भारतबाट गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा स्वदेश फर्किसकेकी छन् । आइतबार मात्रै स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र डिफेन्डर पूजा राना आएकी थिइन् ।

साम्बा निन्जा ‘ए’ लिग खेल्न अस्ट्रेलिया पुगेकी थिइन् । वालिङ्टन फोनिक्ससँग आबद्ध रहेकी उनी प्रि–सिरिजका खेल खेलेर फर्किएकी हुन् । पूजा भने भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडमा अनुबन्धित थिइनन् ।