८ असार २०८३, सोमबार

हङकङमा कार्गो विमान समुद्रमा खस्दा दुईजनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एउटा कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ । एमिरेट्सको एरोट्रान्सकार्गोको रूपमा सञ्चालित उडान ईके ९७८८ दुबईबाट आउँदै गर्दा स्थानीय समयअनुसार बिहान करिब ०३ः५० बजे उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो ।

नागरिक उड्डयन विभागका अनुसार विमानस्थलका दुईजना ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए । उनीहरूलाई उद्धार गरिएको थियो । तर, उनीहरूको मृत्यु भएको समाचारमा उल्लेख छ ।

विमानमा सवार चारजना चालक दलका सदस्यहरू भने सकुशल छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । प्रभावित धावनमार्ग बन्द गरिए पनि विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा छन् ।

उत्कृष्ट सुरक्षा रेकर्ड रहेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो एक दुर्लभ घटना हो ।