२ असार २०८३, मंगलबार

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरूद्ध रिट दायर

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । विभिन्न देशका ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरूद्व रिट दायर भएको छ ।

आज सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।