२५ जेष्ठ २०८३, सोमबार

एन्फा महासचिव किरण निलम्बित, विधि र पद्धतिविपरीत काम गरेको आरोप

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् । साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काले आइतबार महासचिव राईलाई निलम्बन गरेका हुन् ।

राईलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएको भन्दै कार्यवाहक अध्यक्ष खड्काले अर्को कार्यसमिति बैठकसम्मका लागि राईलाई निलम्बन गरेका हुन् । उक्त अवधिसम्मका लागि कार्यवाहक महासचिव संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ ।