
काठमाडौं, २ कात्तिक । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई हराएको छ । वर्षाले प्रभावित खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले हरायो ।
डकवर्थ लुइस (डीएलएस) नियमका आधारमा अस्ट्रेलियाले २६ ओभरमा १ सय ३१ रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाले २१ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले नटआउट ४६, जोश फिलिपले ३७ रन बनाए । भारतका अर्शदीप सिंह, अक्षर पटेल र वाशिङ्गटन सुन्दरले १÷१ विकेट लिए ।
यसअघि पर्थमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २६ ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो । भारतका केएल राहुलले ३८, अक्षर पटेलले ३१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवुड र मिचेल ओवेनले २÷२ विकेट लिए ।
यो जीतसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला १–० को अग्रता लि








प्रतिक्रिया