काठमाडौं, २ कार्तिक । नर्भिक इन्टरनेशनल हस्पिटलले नर्सहरूको तलब बढाएको छ ।
अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ बनाएको हो ।
अस्पतालले प्रेस विज्ञप्तिमार्फत नर्सिङ कर्मचारीको भूमिकालाई कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ । नयाँ तलबमान कात्तिक १ गतेदेखि लागु हुनेछ ।
अस्पतालले चालु आर्थिक वर्षमा दोस्रोपटक पारिश्रमिक पुनर्मूल्यांकन गर्दै नर्सिङ कर्मचारीको तलब बढाइएको जानकारी दिएको छ ।









प्रतिक्रिया