२१ जेष्ठ २०८३, बिहिबार

साइबर अपराध गरेको आरोपमा २० नेपाली ओमानबाट ‘डिपोर्ट’

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । साइबर अपराध गरेको आरोपमा ओमानले २० नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । डिपोर्ट गरिएका मध्ये ११ जना नेपाल आइपुगिसकेका छन् । बाँकी नौजना यसै साता नेपाल आउनेछन् ।

साइबर अपराधमा संलग्न रहेको आरोपमा केही महिनाअघि ओमान प्रहरीले एकैदिन २६४ जनालाई पक्राउ गरेको थियो । जसमा २० जना नेपाली रहेका ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

अपराध पुष्टि भएपछि उनीहरूमध्ये दुईजनालाई ६ महिना कैद र ६०० रियाल जरिवाना गरिएको थियो । १८ जनालाई ६ महिना कैद र ३०० रियाल जरिवाना गर्ने फैसला स्थानीय अदालतले गरेको थियो ।

अदालतको फैसाला अनुसार उनीहरूले ६ महिना कैद सजाय भुक्तान गरेपछि नेपाल डिपोर्ट गरिएको हो । डिपोर्टमा परेका २० नेपालीमा एक महिला छिन् ।

“सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । अहिले यस्तो ठगी निकै बढेको छ । यस्ता प्रलोभनमा नपर्न दूतावासले सबैलाई अनुरोध समेत गरेको छ ।