२४ जेष्ठ २०८३, आइतबार

बबुल गिरीको स्टुडियो बाहिर नीतु पौडेलद्वारा आत्मदाहको प्रयास

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।

पौडेलले शनिबार दिउँसो अनामनगस्थित गायक बबुल गिरीको रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् ।

आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पौडेलको अवस्था अहिले सामान्य रहेको बताइएको छ । पौडेलले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।