२२ असार २०८३, सोमबार

जानकी मन्दिरमा पूजापाठसँगै एनपीएल ट्रफी टुर सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको क्रममा आज जनकपुरधाममा विशेष कार्यक्रमका साथ ट्रफी प्रदर्शनी गरिएको छ ।

सातै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रमअन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज जानकी मन्दिरमा विधिवत पूजापाठ गरी ट्रफी प्रदर्शन सुरु गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो । त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा र्‍यालीसहित घुमाइएको जनाइएको छ ।

जानकी मन्दिरबाट सुरु भएको ट्रफी यात्रा राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक र जिरो माइल पार गर्दै बस स्ट्यान्डस्थित होटलमा सम्पन्न गरिनेछ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो ।