३१ जेष्ठ २०८३, आइतबार

सानिमा बैंकका ग्राहकलाई चाडपर्व विशेष योजना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासब्याक तथा छुटको व्यवस्था गरेको छ ।

योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौंडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा)मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन् । यो योजना २०८२ कात्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।