९ कार्तिक २०८३, सोमबार

मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिन : अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालैको केन्द्रीय कमिटी बैठक समापन गर्दै पार्टी नेतृत्वबाट अहिले नहट्ने स्पष्ट गरेका छन्।

तीन दिनदेखि चलिरहेको बैठक समापन कार्यक्रममा उनले भने, “केही साथीहरूले राजीनामा मागेका छन्, तर म ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर आएको व्यक्ति हुँ। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी नेतृत्व छोड्दिन।”

ओलीले थपे, “मेरा राजीनामाबारे कुरा महाधिवेशनमा छलफल गरौँला। प्रतिनिधिहरूसँग निर्णय मागौँला। पार्टीलाई तिक्ततासँग होइन, मित्रतासँग अघि बढाऔँ।”