२६ जेष्ठ २०८३, मंगलबार

कमीकमजोरी छन्, त्यसलाई करेक्शन गरौं : केपी शर्मा ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ ओज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कमीकमजोरी रहेको भन्दै यसलाई सच्याउनुपर्ने बताएका छन् ।

आज केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै ओलीले सच्याउनुपर्ने बताएका हुन् । उनले गलत कुराको आलोचना गर्न आग्रह गर्दै दुष्मनी देखिनेगरी गालीगलौजमा नलाग्न सुझाव दिए ।

बैठकमा ओलीले भने, “कमीकमजोरी छन्, त्यसलाई करेक्शन गरौं, आलोचना पनि गरौं, तर दुश्मनी देखिने गरी गालीगलौज भने कसैले नगरोस्।”

उनले पार्टीभित्र शिष्ट र सहकार्यपूर्ण वातावरणमा छलफल र समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।