२६ असार २०८३, शुक्रबार

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी भएको नेपाली सेनाले जानकारी दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताएका हुन् ।

थापाले आन्दोलनका क्रममा कम घातक नियन्त्रण उपाय अपनाएको जानकारी पनि दिए । सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनको भनाइ छ ।