काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले पार्टीविरूद्व लाग्नेलाई बिदा गर्नुपर्ने बताएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी आदोनलनलाई मलजल गर्ने र पार्टीविरूद्व लाग्नेलाई पार्टीबाटै बिदा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ ।’
अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया