१७ असार २०८३, बुधबार

वडाध्यक्षसँग बालेनको नोकझोँक, भने- १० दिनको तिहारलाई आजै सक्किन भन्छु

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाध्यक्ष हिरालाल तण्डुकारबीच भनाभन भएको छ ।

नेपाल स्काउटको जग्गामा अस्पताल निर्माण गर्ने प्रस्तावमाथि छलफलका क्रममा तण्डुकारले महानगरले पहिले आफ्नै भवन निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए। त्यसपछि बालेनले ‘तिहारपछि भवन निर्माण सुरु हुन्छ,’ भनेका थिए।

तर वडाध्यक्षले ढिलाइ भएको भन्दै प्रश्न उठाएपछि बालेन र तण्डुकारबीच भनाभन भएको हो। तण्डुकारले तत्कालै काम सुरू गर्नुपर्ने बताएका थिए । तर बालेनले भने तिहार लगत्तै काम गर्ने बताउँदै हाँस्यात्मक शैलीमा भने, ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले, १० दिनको तिहारलाई आजै सक्किन भन्छु।’

नोकझोकपछि बैठक अगाडि बढ्दै अर्को प्रस्तावमा प्रवेश गरिएको थियो।