२५ जेष्ठ २०८३, सोमबार

काठमाडौं नगर प्रहरीले बोल्यो फेरि झुट– सर्वोच्चमा पहिला हाम्रै दमकल पुगेको हो, मिथ्या ट्रोल बनाइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रण गर्न अनिच्छा देखाएको आरोपको खण्डन गरेको छ ।

आज बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरुले प्रश्न उठाएपछि विपद व्यवस्थापन समितिले स्पष्ट पारेको हो । महानगर प्रहरीका एसपी तथा विपद व्यवस्थापन समितिका संयोजक बिष्णु प्रसाद जोशीले सर्वोच्च अदालतको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल पहिला आएको भन्ने कुरामा सत्यता नरहेको स्पष्ट पारे ।

उनले पहिला आफूहरू नै सर्वोच्चको आगो निभाउन पुगेर र पछि ललितपुरसँग सहयोग मागेपछि बल्ल आएको उनले बताएका हुन् ।

यस्तो छ उनको भनाइ–

२३ गते आन्दोलन हुँदै गर्दा १ बजेतिर फोन आएको थियो, शान्तिनगर गेटमा एम्बुलेन्समा आगलागी भयो भनेर । हामी तुरुन्तै मुभ भयौ‌ र एम्बुलेन्सको आगजनी निभाउने काम भयो । त्यसको केहीबेरमा शान्तिनगरको पोलमा आगलागी भएको खबर आयो । त्यसालाई पनि हाम्रो दमकलले निभायो । फेरि सुन्धारामा मोटरसाइकल भएको आगजनी नियन्त्रणमा लियौं । ३ बजेपछि भने कतै पनि जान सक्ने अवस्था भएन । जता दमकल मुभ हुँदा पनि ढुंगामुढा गरेर फर्काइदिने काम भयो ।

२४ गते बिहानदेखि नै फोन आएको आइ थिए । ‘रेस्पोन्स’ गर्ने निकै प्रयास भयो । हाम्रो एउटा दमकल बसन्तपुरबाट मुभ गर्दा त्यहीँ रहेका जनसेवा र हिमालयन बैंकमा आगजनी भएको थियो । लोकल आगलागी नियन्त्रण गर्न छोडेर सिंहदरबार जान पाउनुहुन्न भनेर रोके । त्यसपछि चाबहिलबाट अर्को दमकल मुभ गर्दा त्यहीँ ढुंगामुढा भयो ।

त्यसपछि मैले नै आर्मीको कर्नेललाई फोन गरेर सहयोग मागेँ । उहाँले स्कर्टिङ गरेर ४ः३० बजेतिर नयाँ बानेश्वरको बाणिज्य बैंकसम्म पुग्न सफल भयौं । त्यहाँ एक दमकल पानी हालिसकेपछि थप पानी लिन जानुपर्यो भन्दा आर्मीर्को स्कर्टिङ गाडीलाई पनि क्षति पुर्याइयो । अनि उहाँहरुले पनि तपाईंहरु अब आफ्नो बाटो लाग्नुस, काम हुन सक्दैन भन्नुभएपछि मुभ हुन सकिएन । बालाजुको दमकल मुभ गर्दा त्यो पनि आउन सकेन ।

८ बजेर १५ मिनेटमा सिंहदरबार प्रवेश गरेर आगो निभाउन अथक प्रयास गरेकै हो । २ दमकल सिंहदरबारमा हानेको हो । २५ गते बिहान सर्वोच्चमा दमकल पठाएको हो । म आफैं गएको हुँ । म गएको एकछिनपछि ललितपुरको आएको थियो । पहिलो दमकल हाम्रै गएको हो । हामी नै गएको हो । जुन ठाउँमा पनि आगलागी हुन्छ, त्यहीँकोले निभाउने प्रयास गरिन्छ । नसकेपछि बल्ल अर्को जिल्लालाई बोलाउने हो । ललितपुरकोलाई हामीले नै बोलाएका हौं ।

हामीसँग ५ वटा दमकल छन् । सबै मुभ गर्ने प्रयास गरिएको थियो । हिल्टन होटलबाहेक अन्यत्रको आगजनी हाम्रै दमकलले नियन्त्रण गरेको हो।