४ असार २०८३, बिहिबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिन माग गरिएको छ ।

गत वर्ष विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै उनलाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड दिन माग गरिएको हो । आन्दोलनका बेला झन्डै १ हजार ४ सय जना मारिएका थिए।

गत वर्ष जुलाईमा भएको विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि उनी देश छोडेर भारतको शरणमा बसिरहेकी छिन् ।

हालै सार्वजनिक अडियो क्लिप्समा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध गोली चलाउन आदेश दिएको पाइएको दाबी गरिएको छ।