काठमाडौं, ३० असोज । टी २० विश्वकप खेल्ने सबै २० टोलीको टुंगो लागेको छ ।
आज भएको खेलमा जापानलाई हराउँदै यूएईले विश्वकपमा स्थान पक्का गरेसँगै सबै २० टोलीको टुंगो लागेको हो ।
२०२६ मा भारत र श्रीलंकामा हुने विश्वकपमा आयोजकको रुपमा भारत र पाकिस्तान, यस्तै २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इन्डिजले पनि विश्वकपमा स्थान बनाएका हुन् ।
यसैगरी, आईसीसीको वरीयतामा रहेको शीर्ष टिम मध्येबाट आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाएका छन् ।
अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्याण्ड्स र इटली छनोट भएका हुन् । यस्तै अफ्रिकाबाट जिम्बाव्वे र नामिबिया टी-२० विश्वकपमा छनोट भए । एसिया छनोटबाट नेपाल र ओमानले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।








प्रतिक्रिया