काठमाडौं, ३० असोज । नेकपा (एमाले) ले निर्वाचनका लागि वातावरण बन्न नसकेको निष्कर्ष निकालेको छ ।
जारी केन्द्रीय कमिटीको आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलले सरकार अनावश्यक धाकधम्कीमा लागेको र निर्वाचनको वातारण बन्न नसकेको बताएका हुन् ।
उनले भने, ‘हामीले निर्वाचनमा भाग लिँदैनौँ भनेका छैनौँ। सरकारले राजनीतिक दललाई निषेध गर्ने, अनावश्यक धाक धम्की दिनेतिर लागेको छ। निर्वाचनको वातावरण बनेको छैन ।’
निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग अहिलेसम्म पनि छलफल नगरेको उनले बताए ।
गौतमले पार्टीको नेतृत्व परिवर्तनबारे अहिले छलफल गर्न आवश्यक नरहेको पनि स्पष्ट पारेका छन् । नेतृत्व परिवर्तनबारे चलेको बहस महाधिवेशनले नै निष्कर्षमा पुर्याउने उनको भनाइ छ ।








प्रतिक्रिया