२ असार २०८३, मंगलबार

पक्राउ परेका अर्जुन शाही असईको परिचयपत्र देखाएर होटलमा बसेको खुलासा

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । जेनजीका नाममा सरकारी कार्यालयमा गएर धम्क्याउने अर्जुन शाही प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र देखाएर होटलमा बसेको खुलेको छ ।

हिजो कोटेश्वरबाट पक्राउ परेका शाहीमाथि अनुसन्धानका क्रममा असईको परिचयपत्र देखाएर चावहिलको एक होटलमा बसेको खुलेको हो ।

उनले असई कुमार शर्माको परिचयपत्र दुरूपयोग गरेका हुन् । प्रहरीले उक्त परिचय पत्र जेनजी आन्दोलनका क्रममा हराएको र शाहीले भेट्टाएर दुरूपयोग गरेको बताएको छ ।

शाही यसअघि पनि बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक मुद्दामा फरार रहँदै आएका थिए ।