काठमाडौं, २९ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले छिट्टै ‘बैगुनी केटो’ नामको फेसबुक र युट्युब च्यानल सुरु गर्ने भएका छन् ।
उनले ‘बैगुनी केटो’ आफ्नो ट्याग नेम नै जस्तो भएको भन्दै यही नामबाट फेसबुक र युट्युब च्यानल सुरू गर्ने सोच बनाएको बताएका हुन् ।
उनले भने, “अध्यक्षले मलाई ‘बैगुनी केटो’ भन्नुभयो, अहिले धेरैले यही नामले चिन्छन्। यो मभन्दा ठूला नेताबाट पाइेको उपनाम जस्तो हो।”
उनले यसै नाममा च्यानल खोलेर आफ्ना विचार र सन्देश सीधै जनतासम्म पुर्याउने योजना रहेको बताए।








प्रतिक्रिया