३० जेष्ठ २०८३, शनिबार

जेनजीको नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । जेनजीको नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ परेका छन् ।

उनले विभिन्न सरकारी कार्यालयमा गएर जेनजीको नाम लिँदै धम्क्याएको खुलेको थियो । उनलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।

उनी यसअघि पनि विभिन्न अभियोग लागेर फरार सूचीमा रहेका थिए ।