१७ असार २०८३, बुधबार

नेपालले टी-२० विश्वकप खेल्ने पक्का

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपालले टी–२० विश्वकप खेल्ने पक्का भएको छ ।

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै नेपाल र घरेलु टोली ओमानले विश्वकपको टिकट सुनिश्चित गरेका हुन्।

यूएईले सामोआलाई हराएपछि दुवै टोली दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका हुन्। नेपाल र ओमान दुवैको ६–६ अंक छ, रनरेटका आधारमा ओमान अगाडि छ। नेपालले अब ओमान र सामोआसँग खेल्दै शीर्षस्थानमा उक्लिने लक्ष्य राखेको छ।

आगामी २०२६ टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन्। सन् २०१४ पछि नेपालको यो दोस्रो सहभागिता हुनेछ।