११ असार २०८३, बिहिबार

पूर्वसभामुख महरालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k

काठमाडौं, २९ असोज । सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरी दिएको छ,’ आदेशमा भनिएको छ।

उनलाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ।