८ असार २०८३, सोमबार

नेकपा एसका नेतालाई ओलीले भने- गल्तीहरूमा अल्झिएर बस्ने होइन, घर फर्किनुस्

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका नेताहरूलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले गल्तीमा नअल्झि घरमा फर्कन आग्रह गरेका हुन् ।

उनले भने, ‘कतिपय साथीहरूले गल्ती गर्नुभएको छ, अब तीनै गल्तीहरूमा अल्झिएर बस्ने होइन । कतिले पार्टी विभाजन गरे, गराए, साथीहरू भ्रममा पर्नुभयो होला । तर, एमाले विशाल छाती भएको पार्टी हो, त्यसैले हिजो जो घर छाडेर अन्यन्त्र जानुभएको थियो, घर फर्किन आग्रह गर्छु ।’

झोलीतुम्बा बोकेर एकीकृत समाजवादीका नेता बास खोज्न अन्त जानु नपर्ने उनको सुझाव छ ।