
काठमाडौं, २९ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
सुपर सिक्समा नेपाल र ओमान दुवै टोलीले अहिलेसम्मका दुईदुई खेल जितेर समान ६–६ अंक जोडेका छन् । नेट रनरेटका आधारमा ओमान पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।
आजको खेल जित्ने टोलीले आगामी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछ ।
नेपालले आफ्नो पहिलो सुपर सिक्स खेलमा युएईलाई १ रनको रोमाञ्चक अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । ओमानले सुपर सिक्समा युएई र कतार दुवैलाई हराएको छ ।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।








प्रतिक्रिया