२४ असार २०८३, बुधबार

अपहरणमा परेको केही महिनाभित्रै विपिनको हत्या भएको पुष्टि

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको हत्या अपहरणमा परेको केही महिनाभित्रै भएको पुष्टि भएको छ ।

शवको डिएनए परीक्षणका क्रममा उनको हत्या सन २०२३ को अन्त्यततिरै भएको पुष्टि भएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायली किबुत्ज क्षेत्रबाट विपिनको अपहरण गरेको थियो ।

इजरायली सैनिक अस्पतालले गरेको परीक्षण रिपोर्टअनुसार उनको मृत्यु सन् २०२३ को अन्त्यतिरै भइसकेको देखिएको इजरायलस्थित नेपाली दूतावास स्रोतले बताएको छ।

परीक्षणबाट उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको पनि पुष्टि भएको छ । अहिलेसम्म दूतावासले रिपोर्ट औपचारिक रूपमा सार्वजनिक गरेको भने छैन। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन पठाइसकेपछि सार्वजनिक गर्ने तयारी छ ।

इजरायल र हमासबीच युद्धविरामपछि हमासले हिजो (सोमबार) विपिनसहित चारजनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो।