काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि सिंगापुर जाने भएका छन् । उनी श्रीमती आरजु राणा देउवासहित भोलि सिंगापुर जाने भएका हुन् ।
स्वास्थ्य उपचारका लागि उनी सिंगापुर जान लागेका बताइएको छ । देउवाले कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइसकेका छन् ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पति आज मात्रै सार्वजनिक भएका हुन् ।









प्रतिक्रिया