७ असार २०८३, आइतबार

टी–२० वरीयतामा नेपाल एक स्थान उक्लियो

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाल आईसीसी टी–२० वरीयतामा एक स्थान उक्लिएको छ । आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल कमिटी (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लिएको हो । नेपाल १७ औँ स्थानमा पुगेको छ ।

नेपालले हालै खेलेको वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो । वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ । पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा यथावत् छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले हाल ओमानमा आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोट खेलिरहेको छ । नेपालले सुपर सिक्समा ६ अंक बनाएको छ ।