२५ जेष्ठ २०८३, सोमबार

‘मुगलान’को प्रदर्शन मिति तय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शत मिति घोषणा गरेको हो । यो फिल्मको फस्ट लुक्स सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् । यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ । उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ ।

फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन् । को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन् । फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । जय विष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको समावेश छन् । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन् ।

निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ । फिल्मको प्रचारप्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ । फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।