२१ असार २०८३, आइतबार

एन्फा अध्यक्षलाई असन्तुष्ट पक्षले भन्यो– फुटबलप्रति आस्था र चिन्ता नभए राजीनामा दिनुस्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितले अध्यक्ष पंकज नेम्वाङको राजीनामा मागेका छन् ।

वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रुपेश अधिकारी र रविन चन्दले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई माया मारेर विदेश गएको बताए ।

वरिष्ठ उपाध्यक्ष खड्काले फुटबलप्रति चिन्ता नभए राजीनामा दिन सुझाए ।