२८ असार २०८३, आइतबार

प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध उजुरी

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध उजुरी दिएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रचण्डको घरबाट दुई ट्रक पैसा सारिएको अभिव्यक्ति दिएका सुवेदीविरूद्व आज सचिवालयले साइबर ब्युरोमा उजुरी दिएको हो । ‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ ।

सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’