२२ जेष्ठ २०८३, शुक्रबार

विपिन जोशी जीवित छैनन् : इजरायल

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । २ वर्ष अघि इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार आज इजरायली प्रधानमन्त्री कार्यालयका प्रतिनिधि र सेनाको कमाण्डरले अमेरिका बसोबास गरिरहेकी विपिनकी आमा र बहिनी तथा नेपालस्थित आफन्त किशोर जोशीलाई यो जानकारी गराएका हुन् ।

राजदूत पण्डितले भने, “विपिन जोशी अब जीवित छैनन् भन्ने औपचारिक सूचना प्राप्त भएको छ । सबैभन्दा पहिले इजरायली अधिकारीहरूले मलाई जानकारी गराए, त्यसपछि उनका परिवारजनलाई सूचित गरिएको हो । यद्यपि, हालसम्म विपिनको शवबारे ठोस जानकारी उपलब्ध छैन ।”

इजरायल र हमासबीचको पछिल्लो सम्झौताअनुसार आज हमासले आफ्ना कब्जामा रहेका २० जना बन्धकहरूलाई रिहा गर्दैछ ।