५ असार २०८३, शुक्रबार

वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित पक्राउ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको एक लाख २० हजार ५८० रुपैयाँ कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले भने, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस/रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको हो ।” यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।